- खेलनेपाल, असार २७ – बुधबार
पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले स्पेनिस क्लब रियल म्याड्रिड छोडेर सिरी ए क्लब युभेन्टससँग आबद्द भएका छन्।
३३ बर्षीय रोनाल्डो १०० मिलियन युरोमा नयाँ क्लबसँग अनुबन्धित भएका हुन्। सन् २००९ मा इंगलिस क्लब म्यानचेस्टर युनाइटेडबाट ८० मिलियन युरोमा रियल म्याड्रिडसँग सहकार्य गरेका रोनाल्डोले क्लबका लागि सर्बाधिक ४५० गोल गरेका थिए। त्यस्तै सन् २००८ मा युनाइटेडबाट बालोन डी’ओर अवार्ड जितेका उनले रियलसँगको सहकार्यमा सन् २०१३, १४, १६ र १७ मा जितेका थिए।
त्यस्तै रोनाल्डोकै महत्त्वपूर्ण प्रदर्शनमा रियलले अन्तिम ५ वर्षमा चौथोपटक च्याम्पियन्स लिग जित्दा सन् २०१४ र २०१७ को फाइनलमा क्रिस्टियानो रोनाल्डोले गोल गरेका थिए।

रोनाल्डोले आफुले आफ्नो जीवनको महत्त्वपूर्ण ९ बर्ष रियलसँग बिताउन पाउँदा खुसि ब्यक्त गरे। उनले भनेका छन्, ” मैले जीवनकै उत्कृस्ट समय रियलसँग म्याड्रिड शहरमा बिताउन पाउँदा एकदमै खुसि लागेको छ। म क्लब, समर्थक र यस शहरलाई धन्यवाद दिन चाहन्छु र म नयाँ क्लबमा आबद्द हुँदा एकदमै भाबुक भएको महशुस गरेको छु।”

यस्तै रियलले पनि आफुले जारि गरेको प्रेस बक्तब्यमा रोनाल्डोको योगदानलाई समेट्दै शुभकामना दिएको छ, “रियल म्याड्रिड क्लबले क्लबसँग रहेर विश्वकै उत्कृस्ट खेलाडी भनेर उपाधी जिताउदै भबिष्यको लागि एउटा संकेत बनेकोमा खुसियाली ब्यक्त गर्दै धन्यबाद ब्यक्त गर्न चाहन्छ।”