बास्केटबल खेलाडीलाई उच्च शिक्षाको लागि छात्रवृत्ति

  • खेलनेपाल, असार २७ – बुधबार

एसईई पास भएर उच्च शिक्षा अध्ययनको तयारिमा रहेका छ जना बास्केटबल खेलाडीहरुले छात्रवृत्ति पाएका हुन्। उनिहरुलाई धरानस्थित एम्स एकेडेमीले छात्रवृत्ति उपलब्ध गराएको हो।

आज एकेडेमीमा आयोजित बिशेष कार्यक्रममा खेलाडी, बास्केटबल संघका प्रतिनिधि, विद्यालय प्रमुख र अभिभावकबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो। छात्रवृत्ति पाउनेमा प्रनिसा ओझा, आस्था राई, आस्मा भुजेल, एमन राई, एलिन रसाइली र अर्जुन कटुवाल छन् ।

सम्झौतापत्रमा खेलाडीहरु नियमित अध्ययनमा उपस्थित हुनुपर्ने, बिद्यालयका सम्पूर्ण नियमहरु मान्नुपर्ने, बास्केटबलसँग सम्बन्धित कुनैपनि कार्यक्रममा सहभागी हुँदा बास्केटबल संघ सुनसरी र बिद्यालयको सहकार्यमा मात्र उपस्थित हुनुपर्ने लगायतका बुँदाहरु रहेका छन्।

२०७५ असार २७, बुधबार मा प्रकाशित