चेल्सीद्वारा प्रशिक्षक कोन्टे बर्खास्त

एजेन्सी । प्रिमियर लिग क्लब चेल्सीले आफ्नो प्रशिक्षक एन्टोनियो कोन्टेलाई बर्खास्त गरेको छ।

उनले क्लबले २०१७/१८ को सिजनमा सोचेअनुरुप प्रदर्शन गर्न चुक्दै पाचौं बनेपछि आफै राजिनामा दिने अपेक्षा गरिएको थियो तर त्यसपछि एफए कपको फाईनलमा म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै चेल्सीले उपाधी जितेपछि आफ्नो कार्यकाल बस्ने अनुमान गरिएको थियो।

पुर्व इटालियन टिमका प्रशिक्षक कोन्टे सन् २०१६/१७ को सिजनमा युभेन्टसबाट चेल्सी गएका थिए जहाँ डेब्यु सिजनमा नै टिमलाई प्रिमियर लिगको उपाधी दिलाउंदै चर्चाको शिखरमा रहे। क्लबसँग एकबर्षको कार्यकाल बाँकी छँदा नै उनी बर्खास्तमा परेका हुन्, यसको कारण भने खुलाईएको छैन।

उनको स्थानमा अर्का इटालियन तथा नेपोलीका प्रशिक्षक माउरिजियो सररी आउन सक्ने अनुमान गरिएको छ। उनको ३-बर्षे कार्यकालमा नेपोलीले २ पटक दोश्रो स्थान तथा १ पटक तेस्रो स्थान कब्जा गरेको थियो।

२०७५ असार २८, बिहीबार मा प्रकाशित