एजेन्सी । सन् २०१८ को विम्बल्डन च्याम्पियनसिप जर्मनीकी एन्जेलिक केर्बरले जितेकी छन्। उनले फाइनलमा पुर्व विश्व नम्बर एक सेरेना विलियम्सलाई पराजित गरिन।
उनले यसअघि ७ पटक की बिजेता विलियम्सलाई ६-३ र ६-३ को सोझो सेटमा पराजित गर्दै जर्मनीको लागि सन् १९९६ मा स्टेफि ग्राफले जितेपछि ग्राण्डस्लाम प्रतियोगिता विम्बल्डनको उपाधी जित्ने पहिलो खेलाडी बनेकी छन्।

सन् १९८० मा अस्ट्रेलियाकी इभोन्नी गूलागोंगले आमाको रुपमा विम्बल्डन उपाधी जितेकी थिइन्। अमेरिकाकी सेरेना विलियम्स पनि अघिल्लो बर्षको सेप्टेम्बर महिनामा आमा बनेपछि चौथो प्रतियोगितामा सहभागी भएकी थिइन्, उनको नजर इभोन्नी गूलागोंग को रेकर्डसँगै बराबरी गर्ने थियो तर त्यसो हुन सकेन।
