विश्वकपको उपाधी फ्रान्सलाई, फाइनलमा क्रोएसिया पराजित

रसियामा सम्पन्न सन् २०१८ को विश्वकप फुटबलको उपाधी फ्रान्सले जितेको छ। विश्वकपको २१ औं संस्करण अन्तर्गत उसले फाइनलमा क्रोएसियालाई ४-२ को गोलअन्तरले पराजित गरेको थियो।

लुज्निकी स्टेडियम मस्कोमा सुरु भएको खेलमा १८ औँ मिनेटमा क्रोएसियाका मान्डजुकिकले आत्मघाति गोल गरे भने क्रोएसियाका पेरिसिकले २८ मिनेटमा गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए।

तर खेलको ३८ मिनेटमा फ्रान्सका गेरिजमेनले पेनाल्टी सुटलाई गोलमा परिणत गरि फ्रान्स-क्रोएसिया २-१ बनाए । फेरी खेलको ५९ र ६५ मिनेटमा फ्रान्सका पोग्बा र एमबाप्पेले गोल गरेपछी फ्रान्स ४-१ को अन्तरमा अगाडी बढ्यो।

अन्तिम गोलका रुपमा क्रोएसियाका तर्फबाट मान्डजुकिकले खेलको ६९ मिनेटमा गोल गरेर ४-२ बनाए।

प्रतियोगितामा उत्कृस्ट प्रदर्शन गरेका क्रोएसियाका कप्तान लुका मोड्रिकले गोल्डेन बल, फ्रान्सका केलियन एमबाप्पेले प्रतियोगिताको उत्कृस्ट युवा खेलाडी तथा इंग्ल्याण्डका कप्तान हेरी केनले गोल्डेन बुट प्राप्त गरे।

२०७५ असार ३१, आईतवार मा प्रकाशित