खेलकुद नीति सम्वृद्ध नेपालको आधार – प्रचण्ड

  • खेलनेपाल, असार २५ 

सम्वृद्ध नेपाल , सुखी नेपाली भन्ने मूल नाराका साथ सम्वृद्ध नेपालका लागि खेलकुद नीति विषयक अन्तरकृया कार्यक्रम पूर्व प्रधानमन्त्रि एबंम नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष श्री पुष्पकमल कमल दाहाल प्रचण्डको प्रमुख आथित्यतामा आज असार २४ गतेका दिन काठमाडौँको दरबारमार्ग स्थित होटल रोयल सिघींमा सम्पन्न भएको छ।

नेपालको खेलकुद नीतिले अब आर्थिक , सामाजिक एबंम सभ्य समाजको निर्माण गर्दै सम्वृद्ध नेपाल निर्माण गर्न सकिन्छ भनि पूर्वप्रधानमन्त्रि ज्यू ले बताउनु भयो। खेलकुद एकताको शुत्रधार समेत भएको उहांले उल्लेख गर्नु भयो।

कार्यक्रममा खेल बिज्ञहरु, राष्ट्रिय संघका पदाधिकारी ,खेल प्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो। खेलकुदलाई उद्योग , रोजगारी , पर्यटन , बिज्ञान—प्रबिधि , प्राज्ञिक शिक्षाको रुपमा विकास गर्दै खेलकुद विश्व बिद्यालय स्थापना गर्न विभिन्न बिज्ञहरुले सुझाव समेत दिनु भयो।

सो कार्यक्रमलाई कार्यदल सदस्य दोय श्री टोप बहादुर रायमाझी र श्री कर्ण बहादुर थापाले सम्बोधन गर्नु भयो।
उक्त कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.), खेलकुद महासंघहरू समयोजन गर्न बनेको कार्यदलले आयोजना गरेको थियो।

२०७५ असार २५, सोमबार मा प्रकाशित