एसियन गेम्स फुटबलमा नेपालले जापानको सामना गर्ने

  • खेलनेपाल, असार २५ – सोमबार

नेपालले अगस्ट १४ देखि सेप्टेम्बर १ तारिखसम्म इन्डोनेसियाको जकार्ता र पेलेम्बांगमा आयोजना हुने दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबलमा बिश्वकप क्रिकेटमा सहभागी हुँदै उत्कृस्ट प्रदर्शन गरेको जापानसँग खेल्ने भएको छ।

२४ वटा देशहरु सहभागी हुने प्रतियोगिता अन्तर्गत समूह डी मा रहेको नेपालले जापानको साथै भियतनाम र पाकिस्तानको सामना गर्नेछ। प्रत्येक देशका २३ बर्ष उमेरसमूहको टिमहरु  बिचको प्रतियोगिता भएपनि ३ जना उक्त उमेरसमूह भन्दा माथिका खेलाडीहरु खेलाउन सकिने एसियाली फुटबल महासंघले जनाएको छ।

२०७५ असार २५, सोमबार मा प्रकाशित