विराज महर्जनले खेलकुद मन्त्रीलाई सोधे, “हाम्रो बाँकी पुरस्कार रकम खोइ?”

  • खेलनेपाल, असार २५ – सोमबार

नेपाली फुटबल टिमका कप्तान विराज महर्जनले युवा तथा खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्मालाई आफुहरुले पुरस्कार बापतको रकम नपाएको दुखेसो गरेका छन्।

अखिल नेपाल फुटबल एसोसिएसन (एन्फा) कम्प्लेक्समा आयोजित एककार्यक्रममा कप्तान विराजले यस्तो दुखेसो पोखेका हुन। बंगलादेशमा सन् २०१६ मा आयोजित बंगबन्धु गोल्डकप, मलेसियामा आयोजित सोलिडारिटी कप तथा साग फुटबलमा विजेता टिमलाई सरकार र एन्फाले पुरस्कारको घोषणा गरेपनि सबै रकम नपाएको बताएका छन्।

नेपाली टिमले जनही बंगबन्धु गोल्डकपको ५ लाख, साग फुटबलको ५ लाख तथा सोलिडारिटी कप फुटबलको ३ लाख रुपैंया पुरस्कार बापत पाउनु पर्ने हो तर आफुहरुले साग फुटबल अन्तर्गत ५ लाख मध्ये ब्यानरमा ५ लाख लेखेर मात्र २ लाख पायौँ, कप्तान विराजले भने।

यस बारे गुनासो राख्दा बिश्वकर्माले आफुले यसबारे पहिले थाहा नपाएको र अब पहल गर्ने बताएका छन्।

२०७५ असार २५, सोमबार मा प्रकाशित