विश्वकप फुटबल: सेमिफाइनल समीकरण पुरा

एजेन्सी । रसियामा जारि विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत सेमिफाइनल समीकरण पुरा भएको छ। जुलाई १० तारिखमा हुने सेमिफाइनलमा फ्रान्स र बेल्जियम तथा इंग्ल्याण्ड र क्रोएसिया भिड्नेछन्।

फ्रान्स र बेल्जियम

बेल्जियमले समूह चरणमा पानामालाई ३-०, ट्युनिसियालाई ५-२ र इंग्ल्याण्डलाई १-० ले हराएको थियो । बेल्जियमले अन्तिम १६ को खेलमा जापानलाई ३-२ र क्वार्टरफाइनलमा ब्राजिललाई २-१ ले हराएको हो ।

फ्रान्सले समूह चरणमा अस्टे्रलियालाई २-१, पेरुलाई १-० ले हराएको थियो भने डेनमार्कसँग गोलरहित बराबरी खेेलेको थियो । अन्तिम १६ मा अर्जेन्टिनालाई ४-३ ले हराएको  फ्रान्सले क्वार्टरफाइनलमा उरुग्वेलाई २-० ले हराएको थियो ।

इंग्ल्याण्ड र क्रोएसिया

इंग्ल्याण्डले समूह चरणमा ट्युनिसियालाई २-१, पानामालाई ६-१ ले हराएको थियो भने बेल्जियमसँग १-० ले हारेको थियो । अन्तिम १६ मा कोलम्बियासँग १-१ को बराबरीपछि टाइबे्रकरमा ४-३ ले विजयी भएको इंग्ल्याण्डले क्वार्टरफाइनलमा स्वीडेनलाई २-० ले हराएको थियो ।

क्रोएसियाले समूह चरणमा नाइजेरियलाई २-०, अर्जेन्टिनालाई ३-० र आइसल्याण्डलाई २-१ ले हराएको थियो । अन्तिम १६ मा डेनमार्कसँग १-१ को बराबरीपछि टाइब्रेकरमा ३-२ ले विजयी भएको क्रोएसिया क्वार्टरफाइनलमा पनि टाइब्रेकरमै विजयी भएको हो । क्वार्टरफाइनलमा रसियासँग २-२ को बराबरीपछि टाइब्रेकरमा क्रोएसिया ४-३ ले विजयी भएको थियो ।

२०७५ असार २५, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment