बेल्जियमलाई हराउँदै फ्रान्स विश्वकपको फाइनलमा

  • खेलनेपाल, असार २७ – बुधबार

दोश्रो हाफमा फ्रान्सका मिडफिल्डर स्यामुअल उम्टिटीले खेलको एकमात्र गोल गरेपछि फ्रान्सले बेल्जियमलाई १-० को गोलअन्तरले पराजित गर्दै विश्वकपको फाइनलमा स्थान बनाएको छ।

बार्सिलोनाका मिडफिल्डर उम्टिटीले एन्टोनियो ग्रिजम्यानको क्रसपासमा हेड गर्दै ५१ औं मिनेटमा खेलमा फ्रान्सले अग्रता लिएको थियो। पहिलो हाफमा दुबै   टिमले राम्रा अवसरहरु गुमाउएपनि दोश्रो हाफमा पाएको अवसर सदुपयोग गरेको फ्रान्सले सन् २००६ पछी पहिलोपल्ट फाइनलमा स्थान बनाएको छ।

खेलमा दुबै टिमका गोलरक्षकले केहि उत्कृस्ट बचाउ गरे। फ्रान्सले अब इंग्ल्याण्ड र क्रोसियाको बिजेतासँग उपाधीका लागि खेल्नेछ।

२०७५ असार २६, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment