भूपेन्द्रलाई जर्मनीमा स्वर्ण

  • खेलनेपाल, भदौ २१ 

वर्ल्ड मार्सल आर्ट्स कमिटीको आयोजनामा जर्मनीको सिविस गुइनमा भएको १२औं वल्र्ड मार्सल आर्ट्स च्याम्पियनसिपमा नेपालका भूपेन्द्र गुरुङले स्वर्ण पदक जितेका छन्।

भूपेन्द्रले छ्यान् छुवानमा स्वर्ण पदक जितेको नेपाल उमा कङ्फु संघका अध्यक्ष सिद्धार्थ लामाले जानकारी दिए। यसैगरी मुन्नी सुवेदीले ताइची र विजय तामाङले सान्डामा कास्य पदक जितेको अध्यक्ष लामाले बताए। कांश्य विजेता मुन्नी सुवेदी अधिवक्ता तथा लेक्चर पनि हुन् ।

प्रतियोगितामा २५ राष्ट्रका तीन सयभन्दा बढी खेलाडीको सहभागिता रहेको थियो । नेपाली टोली शुक्रबार स्वदेश फर्किने छ ।

२०७५ भाद्र २१, बिहीबार मा प्रकाशित

Leave a Comment