आधी–आवाधी भलिबल सम्पन्न चितवन टाईगर्स च्याम्पियन

आश्विन १७,बुधवार ।

आधी–आवाधी एनभीए महिला भलिबल प्रतियोगितामा चितवन टाईगर्स च्याम्पियनको बनेको छ। मंगलवार भएको उपाधि भिड्न्तमा चितवनले एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै च्याम्पियन बनेको हो।

त्रिपूरेश्वरस्थित दशरथ रंगशालाको कवर्डहलमा तीन अमेरिकी खेलाडी र अमेरिकी प्रशिक्षक रहेको चितवनले विभागीय टिम एपीएफलाई खेलभरी नै दबाबमा राख्यो । पहिलो सेट २५–२० ले जितेको चितवन पछिल्लो दुई सेटमा उत्कृष्ट प्रदर्शन गर्दै २५–१७ र २५–११ ले विजयी भयो ।

उपाधिसँगै चितवनले ६ लाख रुपैयाँ पुरस्कार जितेको छ । उपविजेता बनेको एपीएफले तीन लाखमा चित्त बुझाएको छ। तेस्रो भएको न्यू डायमण्डले एक लाख ५० हजार पाएको छ। तेस्रो स्थानको प्लेअफमा न्यू डायमण्डले नेपाल पुलिस क्लबलाई २५–१८, २५–२१ र २५–१९ को सोझो सेटमा हराएको थियो।

चितवन टाइग्रेर्सकी सेटर अरूणा शाही उत्कृष्ट् खेलाडी चुनिईन् । उनले नगद ५० हजार र एक थान स्कुटर जितिन्। विजयी टोलीलाई पूर्व मन्त्री तथा सांसद शेरबहादुर तामाङ, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, महासचिव जितेन्द्र चन्द,आदीअवादी फाउन्डेसनका सिईयो दिनेश सिंहलगाउतले पुरस्कार वितरण गरेका थिए।

प्रायः पश्चिमाञ्चलबाट स्पाईकरको भूमिकामा कोर्टमा उत्रिने अरुणाले सेटरको भूमिकाबाट उत्कृष्ट प्रदर्शन गदै टिमलाई उत्कृष्ट नियन्त्रणमा राख्न सफल भईन् । बिलकुलै नयाँ अग्लाकदका अमेरिकन खेलाडीलाई लिफ्ट गर्नु अवश्य पनि सहज थिएन् । त्यो पनि स्पाईकरबाट सेटरको भूमिका अत्यन्त कठिन काम थियो । अरुणा अग्निपरिक्षामा पास मात्र भईनन्, महिलाको मौज्यादा सेटरका लागि पनि कडा चुनौती पेश गरेकी छिन् । उनले सेटरको रुपमा राष्ट्रिय टिममा आफ्नो दावेदारीका लागि नेपाल भलिबल संघको ढोका ढकढक्याएकी छिन ।

२०७५ आश्विन १७, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment