- खेलनेपाल, कार्तिक १९ – सोमबार
पोखरा रंगशालामा जारि पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत मङ्गलबार बिहान ११ बजे फाइनल खेल सुरु हुँदैछ। उपाधीको लागि पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजले भेसावाकरको कप्तानीमा रहेको पोखरा पल्टनको सामना गर्दैछ।
प्रतियोगिताको फाइनलको पुर्व-सन्ध्यामा रास्ट्रिय खेलकुद पत्रकार मंचका केहि सदस्यहरु, नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का, मुख्य प्रशिक्षक जगत टमाटा र प्रतियोगिता आयोजना गरिरहेको क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रमुख छुम्बी लामा सहितको टिम सहारा एकेडेमीको निरीक्षणको लागि पुगेको थियो।
उक्त अबसरमा कप्तान पारस खड्काले सहारा एकेडेमीले नेपालको लागि फुटबल खेलाडी उत्पादन गरेर सहयोग गरेको बताए । “सहारा एकेडेमीले फुटबलको क्षेत्रमा धेरै ठुलो सहयोग गरेको छ, यो हाम्रो लागि पनि गौरवको बिषय हो। ” देशको उन्नती र प्रगतिको लागि खेलकुदको बिकाश अपरिहार्य रहेको समेत जनाए । “कुनै पनि देशको लागि खेलकुदको बिकास जरुरि छ जसले सबै प्रति माया र सद्भाव कायम गर्न सहयोग गर्छ” उनले थपे।
नेपाली क्रिकेट टिमको क्याम्प पोखरामा
सहारा एकेडेमीमा पत्रकारसँग छोटो कुराकानी गर्दै कप्तान पारसले नेपाली क्रिकेट टिमको बन्द सत्र छिट्टै नै पोखरामा सुरु हुन सक्ने सम्भावना ब्यक्त गरेका छन्। पिपिएलको लागि जुन किसिमले मैदान तथा पिचको निर्माण गरिएको छ त्यसले नेपाली टिमलाई पोखरामा तान्न सहयोग गर्ने जनाएका छन्।
पारसले थप कुराकानीमा नेपाली क्रिकेट टिम बन्द सत्रको लागि पोखरामा रहँदा साहरा एकेडेमीका बच्चाहरु सँग मैत्रीपुर्ण क्रिकेट र फुटबल खेलेर उनीहरुको मनोबल बढाउने र आफुहरुले पनि मनोरंजन गर्ने बताए।