पिपिएल फाइनलमा प्रचण्ड प्रमुख अतिथि

पोखरा रंगशालामा मंगलबार बिहान ११ बजे पोखरा प्रिमियर लिग टि-२० क्रिकेट प्रतियोगिताको फाइनल खेल आयोजना हुँदै छ।  फाइनलमा शरद भेसावाकर कप्तानीको पोखरा पल्टनले पारस खड्काको चितवन राइनोजको सामना गर्दै छ।

उक्त फाइनल खेलको प्रमुख अतिथिको रुपमा  नेपालका पुर्व-प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने भएका छन्। प्रतियोगिता आयोजना गरिरहेको क्विन्स इभेन्ट मेनेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले सामाजिक सन्जालमा यसबारे जानकारी गराएका हुन्।

२०७५ कार्तिक २०, मंगलवार मा प्रकाशित