पहिलो दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता आउँदो शुक्रबारबाट काठमाडौंमा हुने भएको छ।
आयोजक एसियन फेडेरसन अफ बडी बिल्डिङ एण्ड फिटनेस एएफबीएफले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शुक्रबारदेखि आइतबारसम्म प्रतियोगिता गर्न लागेको जानकारी लिएको हो।
प्रतियोगिताको पहिलो संस्करण एएफबीएफको मातहतमा नेपलिज फेडेरेसन अफ बडी बिल्डिङ एण्ड फिटनेस एनएफबीएफले गर्नेछ। प्रतियोगितामा दक्षिण एसियाका आठ राष्ट्रहरू नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, पाकिस्तान, अफगानिस्तान र माल्दिभ्सका करिब १ सय महिला र पुरुष खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।
जसमा पुरुष बडी बिल्डिङ, पुरुष फिजिक्स, महिला फिटनेस र महिला फिजिक्स गरी ४ विधामा प्रतिस्पर्धा हुनेछ। पुरुष बडी बिल्डिङतर्फ ६० केजी, ६५ केजी , ७० केजी, ७५ केजी, ८० केजी, ८५ केजी र ८५ केजी माथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ। महिला फिटनेस खुल्ला तौल समूहको हुनेछ।
