म्याराथन टोली जापान प्रस्थान

नेपाली म्यारथन टोली आज जापान प्रस्थान गरेको छ । मित्र राष्ट्र जापानको ओसाकामा आयोजना हुने बिश्वस्तरिय ओसाका म्याराथन २०१८ मा सहभागी हुन ४ सदस्यिय नेपाली टोली आज त्यस तर्फ प्रस्थान गरेको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार बिष्टले नेपाली टोलीलाई शुभकामना प्रदान गर्दैे विदाई गरे ।

नेपाल सरकारको सहयोग तथा राष्ट्रिय खेलकुद परिषद र डा. खगेन्द्र स्पोर्टस् फाउन्डेशनको ब्यवस्थापनमा सहभागी हुन जाने नेपाली टोलीमा टिम ब्यवस्थापकमा रजत श्रेष्ठ, प्रशिक्षकमा बैकुण्ठ मानन्धर र खेलाडी द्वयमा धर्म महर्जन तथा पुष्प लाल श्रेष्ठ रहेका छन् । ‘अन्तराष्ट्रिय प्रशिक्षण नभएता पनि नेपाली धावकहरुले उत्कृष्ट नतिजा ल्याउने छन्’ प्रशिक्षक बैकुण्ठ मानन्धरले भने ।

विगत १० बर्ष देखि डा. खगेन्द्र स्पोर्टस् फाउण्डेशनले खेल तथा खेलाडीहरुको बिकास तथा उत्थानमा हरदम प्रयास गर्दै आईरहेको संस्थापक अध्यक्ष डा. खगेन्द्र बहादुर श्रेष्ठले जानकारी दिए ।

२०७५ मंसिर ५, बुधबार मा प्रकाशित