पाकिस्तान सुपर लिग खेल्न सन्दिप लामिछाने छनौट

नेपाली स्टार लेग स्पिनर सन्दिप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) टि-२० खेल्न छनौट भएका छन्। प्रतियोगिताको ड्राफ्ट मार्फत सन्दिप छनौट भएका हुन्।

खेलाडी छनौटका लागि मंगलबार भएको ड्राफ्टमा सन्दिपलाई लाहोर क्वालान्डर्सले छनौट गरेको हो। सन्दिपको नाम यसअघिनै “गोल्ड” श्रेणीमा रहेको थियो। गोल्ड श्रेणीमा रहेका सन्दिपको मूल्य ड्राफ्टमा कम्तिमा ५० हजार डलर हुने जानकारी विकेटनेपाललाई प्राप्त भएको छ।

सन्दिपको टोलि लाहोरले ड्राफ्टबाट एबी डीभिलियर्स, कार्लोस ब्रेथवाइट, फखर जमान जस्ता खेलाडीलाई छनौट गरिसकेको छ।

२०७५ मंसिर ५, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment