डिपीएलमा बिनोद दास प्रतियोगिता निर्देशक

यही माघ १९ गते देखि फाल्गुन ४ गतेसम्म धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिगले राष्ट्रिय क्रिकेट टिमका पुर्वकप्तान बिनोद दासलाई प्रतियोगिता निर्देशकको रुपमा नियुक्त गरेको छ।

लिग आयोजक धनगढी क्रिकेट एकेडेमी कैलालीले मंगलबार प्रेस बिज्ञप्ति जारि गर्दै दासलाई निर्देशकको रुपमा नियुक्त गरेको घोषणा गरेको हो।

यस बर्ष एभरेस्ट प्रिमियर लिग इपिएलले निर्देशकको रुपमा निरन्तरता दिएको छैन भने यस अघिनै उनलाई इपिएल टिम काठमाडौँ किंग्स ११ ले टिमको ‘डिरेक्टर अफ क्रिकेट’ मा नियुक्त गरिसकेको छ।

धनगढी प्रिमियर लिग डिपीएलको गत संस्करण दास बिनोद भण्डारी कप्तान रहेको महेन्द्रनगर युनाइटेडको प्रशिक्षक रहेका थिए भने भर्खरै सम्पन्न पोखरा प्रिमियर लिगमा उनि लिग विजेता पोखरा राइनोजको प्रशिक्षक थिए। यस्तै दास २०१६ देखि नेपाली यु-१९ राष्ट्रिय टिमको प्रशिक्षक समेत रहँदै आएका छन्।

दासलाई नियुक्त गरेपछि धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष शाहीले प्रतियोगिताको स्तर वृद्धि हुने विचार बिज्ञप्तिमा ब्यक्त गरेका छन् -“नेपाली क्रिकेटमा उहाँले हासिल गर्नुभएको अनुभवले तथा उहाँको निर्देशनमा प्रतियोगिताले थप उचाई लिने विश्वास लिएका छौं।”

डिपीएल निर्देशक भए पछि दासले प्रतियोगिताको स्तर देखि प्रतियोगिता दौरान र अघि बिभिन्न पक्षसंग समन्वयकर्ता लगायत सम्पूर्ण जिम्मेवारी समेत लिनेछन्।

२०७५ मंसिर ५, बुधबार मा प्रकाशित