पहिलो राष्ट्रिय नोभिस बक्सिङमा डोल्पाका शेखर पुरीको विजयी सुरुवात

डोल्पा जिल्ला बक्सिङ् संघका शेखर पुरीले पहिलो राष्ट्रिय नोभिस बक्सिङमा विजयी सुरुवात गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषदको कभर्डहल त्रिपुरेश्वरमा आज भएको उद्घाटन खेलमा कास्की जिल्ला बक्सिङ संघका दिपु कार्कीलाई अंकका आधारमा हराउँदै शेखर लाईट वेट अन्तर्गत दोस्रो चरणमा प्रवेश गरेका हुन् ।

त्यही तौल समूहको अर्को खेलमा दाङका सुरज ओलीले सुजल पुन मगरलाई हराए । त्यस्तै, पुरुष ५२ केजी ताैल समुहमा नक्साल बक्सिङ क्लब बी का बिजेन्द्र प्रताप शाह, नक्साल सी का यानव थुलुङ राई विजयी भए ।

पुरुष लाईट वेट अन्तर्गतकै अन्य खेलमा बोसिगाउँका यमन श्रेष्ठलाई हराउँदै कैलाली बी का निर्मल सुवेदी र उदयपुरका लक्ष्मण राईलाई पाखा लगाउँदै नक्साल ए का अम्मर गुरुङ पनि दोस्रो चरण प्रवेश गरेका छन् ।

नेपाल बक्सिङ संघद्धारा आयोजित प्रतियोगितामा पुरुषतर्फ १६७ र महिलातर्फ २६ जना सहभागी छन् । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।

२०७५ मंसिर ५, बुधबार मा प्रकाशित