मैत्रीपूर्ण खेलमा क्यामरुनमाथि ब्राजिलको १–० को जित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले क्यामरुनलाई १–० ले पराजित गरेकाे छ ।

बेलायतको एमकेमा गएराति भएको खेलमा ब्राजिललाई जिताउन रिचार्लिसनले ४५ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयाे ।

ब्राजिलका कप्तान नेइमारले क्यामरुनसँगको खेलमा चोटग्रस्त भएका छन् । उनले मात्रै ६ मिनेट मैदानमा बिताए । उत्साहित तथा उर्जासहित मैदान छिरेका नेइमारको गोडाको ‘एडक्टर मसल’ मा चोट देखिएको हो ।

नेइमारको ठाउँमा आएका रिचार्लिसनले ४५ औँ मिनेटमा गरेको गोलको सहयोगमा नै ब्राजिलले क्यामरुनमाथि जित निकाल्यो ।

गएराति नै भएको मैत्रीपूर्ण खेलमा फ्रान्सले उरुग्वेलाई १–० ले नै हरायो । फ्रान्सको जितमा ५२ औँ मिनेटमा ओलिभर जिरउडले पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो ।

इटालीले अमेरिकालाई अल्वानियाले वेल्सलाइ समान १-० गाेलले नै पराजित गर्दा दक्षिण काेरियाले उज्वकिस्तन र जापानले किर्गिस्तानमाथि ४-० काे जित निकाल्याे ।

त्यसैगरी, अष्ट्रेलियाले लेवलानलाई ३-० गाेलले हरायाे ।

२०७५ मंसिर ६, बिहीबार मा प्रकाशित

Loading...

Leave a Comment