देबेन्द्र तन्डुकार नेपाल कुङग –फु संघ केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनित

नेपाल कुङग –फु संघको कार्तिक २८ गते बुधबारको निर्णय अनुसार नेपाल कुङग –फु संघ केन्द्रीय कार्य समितिको सदस्य पदमा देबेन्द्र तन्डुकारलाइ  मनोनयन गरिएको छ ।

काठमाडौं महानगरपालिका वडा नं १४ कलंकी निवासी तन्डुकार जिल्ला खेलकुद विकास समिति काठमाडौंका समेत सदस्य भएर काम गरिरहेका छन् ।

उनलाई कार्तिक २८ गते  बुधबार मनोनयन गरिएको हो । मनोनयन  पश्चात कपन अनलाइन संग संक्षिप्त कुरा गर्दै तन्डुकारले आफ्नो कार्यकालमा नेपाल कुङग –फु संघको खेलको विकास र विस्तार एबम अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गर्ने काममा सदैब लाग्ने बताएका छन्।  साथै आफुलाई उक्त पदमा मनोनयन गर्ने सबैलाई धन्यबाद दिएका छन् ।

२०७५ मंसिर ७, शुक्रबार मा प्रकाशित

Leave a Comment