इपिएलमा पोखराले भित्र्यायो अर्का बिदेशी खेलाडी

मङ्सिर २२ गतेबाट सुरुहुने एभरेष्ट प्रिमियर लिग टि-२० (इपिएल) क्रिकेटका लागि हरेक टोलीले बिदेशी खेलाडी भित्र्याउने क्रम जारी छ। यसै बिच प्रतियोगिताको एक टोलि पोखरा राइनोजले आफ्नो दोस्रो बिदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ।

एभरेस्ट प्रिमियर लिगमा एउटा टिमले १५ जना खेलाडीको टिममा ३ जना बिदेशी राख्नै पर्ने नियम रहेको छ र ३ जना खेलाडीलाई अन्तिम ११ मा पनि समाबेस गर्नुपर्ने नियम रहेको छ।

इंग्ल्याण्डका घरेलु क्रिकेट खेलाडी पल् कोग्लिनले एभरेष्ट प्रिमियर लिगमा पोखरा राइनोजबाट खेल्ने भएका हुन्। शुक्रवार जारी गरिएको प्रेस बिज्ञप्तिमा पोखराले कोग्लिनलाई टोलीमा समावेश गरिएको जानकारी दिएको छ।

Paul Coughlin
Paul Coughlin

शक्ति गौचनको कप्तानीमा रहेको टोलि राइनोजले यस अघिनै स्कटल्याण्डका कप्तान कायल कोट्जरलाई आफ्नो बिदेशी खेलाडीको रुपमा घोषणा गरेको थियो। यस्तै अष्ट्रेलियन मुलका नेथन डोडलाई समेत पोखराले प्रतियोगितामा मुख्य प्रशिक्षकको रुपमा अघिल्लो साता नियुक्त गरेको थियो।

इंग्ल्याण्डको घरेलु क्रिकेटमा कोग्लिनले नोट्टीन्घमशायर र डर्हमको लागि खेल्दै आएका छन्। दायाँ हाते ब्याट्सम्यान तथा मध्यम गतिका अलराउण्डरसंग घरेलु क्रिकेटमा ३२ प्रथम श्रेणी खेल, २६ लिस्ट ए खेल र ३३ टि-२० खेलको अनुभव रहेको छ। सन् २०१७ को घरेलु टि-२० सिजनमा कोग्लिनले डर्हमको कप्तानी समेत गरेका थिए।

Paul Coughlin
Paul Coughlin

प्रथम श्रेणी क्रिकेटमा इंग्ल्याण्ड लायन्सको प्रतिनिधित्व गरिसकेका कोग्लिनले ५१ इनिंगमा ११६८ रन जोडेका छन् भने बलिंगतर्फ समेत ५२ इनिंगमा ७५ विकेट चट्काएका छन्। यस्तै २२ टि-२० इनिंगमा कोग्लिनको नाममा १३७.८९ को स्ट्राइक रेटमा ४३३ रन रहेको छ।

शक्ति गौचनको कप्तानीमा रहेको पोखरा राइनोजमा बिनोद भण्डारी, देव साह, सुनिल धमला, सौरव खनाल, सुसान भारि, सुबेन्दु पाण्डे, नन्दन यादव, किशोर महतो, बिपिन खत्री, राजेश पुलामी र बिक्रम सोब जस्ता खेलाडी रहेका छन्। गत सिजन पोखराको बिदेशी खेलाडीको रुपमा ताज वाली, इस्रारुल्लाह र आसिफ अलि खेलेका थिए।

एभरेष्ट प्रिमियर लिग (इपिएल) मङ्सिर २२ गते देखि सुरु भइ फाइनल खेल पौष ७ गते ( डिसेम्बर ८ – डिसेम्बर २२ ) खेलिनेछ। कुल १५ दिन संचालन हुने प्रतियोगितामा २ दिन ( मङ्सिर २७ गते र पौष ६ गते ) बाहेक सम्पूर्ण दिन खेलहरु संचलान हुनेछन्।

प्रतियोगितामा काठमाडौं किंग्स ११, भैरहवा ग्लाडीएटर्स, बिराटनगर वारियर्स, पोखरा राइनोज, ललितपुर प्याट्रीयट्स र चितवन टाइगर्स गरि ६ टोलीको सहभागिता रहनेछ।

यस बर्षको संस्करणमा सिकन्दर राजा (काठमाडौं किंग्स एघार), केभिन ओ ब्रायन (काठमाडौं किंग्स एघार), रोहन मुस्तफा (काठमाडौं किंग्स एघार), पौल स्टर्लिंग (चितवन टाइगर्स), मोहम्मद नाबिद (भैरहवा ग्लाडीएटर्स), कायल कोट्जर (पोखरा राइनोज) जस्ता नाम चलेका बिदेशी खेलाडीहरुले सहभागिता जनाउदै छन्।

२०७५ मंसिर ७, शुक्रबार मा प्रकाशित

Leave a Comment