एसियन मार्सल आर्ट गेम्स कमिटीको महासचिवमा दिनेश शर्मा

नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघका महासचिव दिनेश शर्मा एसियन मार्सल आर्ट गेम्स कमिटीको महासचिवमा चुनिएका छन् ।

थाईल्याण्डको बैंककमा सम्पन्न एसियन मार्सल आर्ट गेम्स कमिटिको बैठकले शर्मालाई चार वर्षका लागि महासचिवमा चयन गरेको हो । बैठकले कमिटीको अध्यक्षमा भारतका बि.के.भरतलाई चयन गरेको छ ।

भारत, नेपाल, बंगलादेश, अफगानिस्तान, पाकिस्तान, उज्वेकिस्तान, दुवई, रसिया, टर्की लगायत देश आवद्ध रहेको कमिटीको अन्य पदाधिकारीहरू जर्मनीमा रहेको विश्व मार्सल आर्ट गेम्स कमिटीको अन्तराष्ट्रिय हेडक्वाटरसँगको समन्वयमा अध्यक्ष तथा महासचिवले चयन गर्ने महासचिव शर्माले जानकारी दिए ।

२०७५ मंसिर ७, शुक्रबार मा प्रकाशित