विनर कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली टोली उपविजेता

युएईको आबुधाबीमा भएको विनर कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली टोली दोश्रो भएको छ। शुक्रबार सम्पन्न प्रतियोगितामा रोजगारीको सिलसिलामा युएईमै रहेका नेपाली खेलाडी टोलीले २ स्वर्ण, ३ रजत र ३ कास्य जितेका थिए।

लक्ष्मण थापा मगर र शेखर श्रेष्ठले स्वर्ण तथा मनबहादुर लिम्बू, उत्तम गुरुङ र राजिव सुनारले रजत जिते। त्यस्तै उत्तमसहित रामु सुनार र मनोज काउछाले कास्य हात पारेको प्रवाशी सितोरियो करातेका महासचिव रामु सुनारले जनाएका छन्।

२०७५ मंसिर ८, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment