रियल मड्रिडले भ्यालेन्सियालाई २–० ले हरायो

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले भ्यालेन्सियालाई २–० ले हराएकाे छ ।

घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले पहिलो हाफमा उपहार गोल पायो भने दोस्रो हाफमा एक गोल गरेको हो । आठौँ मिनेटमा भ्यालेन्सियाका ड्यानिएल वासले आत्मघाति गोल गरेपछि रियल मड्रिडले अग्रता लियो ।

८३ औँ मिनेटमा लुकास भाज्क्वेजले गोल गरेपछि रियल मड्रिड २–० ले विजयी भएको हो । जितपछि पाँचौँ स्थानको रियल मड्रिडको १४ खेलबाट २३ अंक भएको छ ।

शीर्ष स्थानमा रहेको सेभिल्लाको १३ खेलबाट २६ अंक छ भने दोस्रो स्थानमा रहेको बार्सिलोनाको २४, तेस्रो स्थानको एट्लेटिको मड्रिडको २४ तथा चौथो स्थानको एलाभेसको २३ अंक रहेको छ ।

ला लिगामा गएराति भएका अन्य खेलमा सेल्टा डी भिगोले हुएस्कालाई २–०, लेगानेसले रियल भालाडोलिडलाई ४–२ तथा गेटाफेले स्पानियोललाई ३–० ले हरायो ।

२०७५ मंसिर १६, आईतवार मा प्रकाशित