काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा शिर्ष स्थानको बार्सिलोनाले गयराति लेभान्टेबिरुद्धको खेलमा ५–० गोलको सहज जित निकालेको छ ।
बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरे ।
लेभान्टेको घरेलु मैदान भ्यालेन्सियामा भएको खेललमा मेस्सीले खेलको ४३, ४७ र ६० औँ मिनेटमा गोल गरेका हुन् ।
ला लिगामा मेस्सीको यो ३१ औँ ह्याट्रिक हो । ३५ औं मिनेटमा लुइस स्वारेजको गोल मार्फत अग्रता लिएको बार्सिलोनाले ५–० को फराकिलो जित निकालेको हो ।
खेलको ८८ औं मिनेटमा जेरार्ड पिकेले गोल गर्दा बार्सिलोना ५–० ले विजयी भयो । यो जितसंगै बार्सिलोनाले दोस्रो स्थानमा रहेको सेभिया भन्दा तीन अंकको अग्रता लिएको छ ।