एजेन्सी –इंग्लिश प्रिमियर लिग फुटबल लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । गय राति राति भएको खेलमा म्यानचेस्टर युनाइटेडबिरुद्ध ३–१ गोलको जित निकालेको हो ।
यो जितसंगै लिभरपुल अंक तालिकाको शिर्ष स्थानमा छ ।
लिभरपुलको घरेलु मैदानमा भएको खेलमा जर्दान शकिरीले उत्कृष्ट पदर्शन गरेका थिए । लिभरपुलको जितमा शकिरीले दुई गोल गरे ।
यस्तै साडियो मानेको एक गोल गर्दा युनाइटेडका जेसे लिंगार्डले एक सान्तोना गोल फर्काए ।
आजको खेलमा जितसंगै ४५ अंक जोडेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई ४४ अंक छ ।
युनाइटेड भने २६ अंकका साथ छैटौं स्थानमा छ ।
