ईपीएल क्रिकेट : क्वालिफायरमा पुग्ने काठमाडौंको लक्ष्य

काठमाडौं – तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज (सोमबार) लिग चरणको अन्तिम खेल हुँदैछ ।

अन्तिम खेलमा काठमाडौं किङस इलाभेन र विराटनगर वारिवर्सबीच खेल हुनेछ । दुई टोलीबीचको खेल अपरान्ह १२ः४५ मा सुरु हुनेछ ।
आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण हुनेछ । आजको खेलले क्वालफायर र प्ले अफमा पुग्ने टोलीको टुंगो लाग्नेछ ।

यस अघि काठमाडौंसहित ललितपुर प्याट्रीयट्स र भैरहवा ग्लाडीयटर्स प्ले अफ पुगिसकेको छ । ललितपुर भने शीर्ष दुईमा पर्दै क्वालिफायर नै पुगिसकेको छ ।

अब साविकको विजेता विराटनगर र चितवन टाइगर्समध्ये एक टोलीले प्ले अफमा स्थान बनाउने छन् ।

२०७५ पुष २, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment