काठमाडौं क्वालिफायरमा, विराटनगर बाहिरियो

काठमाडौं – राजधानीमा जारी टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तरर्गत काठमाडौं किङस इलाभेन क्वालिफायरमा प्रवेश गरेको छ ।

साविक विजेता विराटनगर वारिवर्सलाई ५ विकेटले पराजित गर्दै काठमाडौं क्वालिफायरमा पुगेको हो । विराटनगर भने प्रतियोगिताबाट बाहिरिएको छ ।

विराटनगरले दिएको १०१ रनको लक्ष्य काठमाडौंले १७ ओभर ५ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । काठमाडौंका लागि केभिन ओ ब्राएनले अविजित ४५ रन जोडे । यस्तै काठमाडौंका लागि प्रदीप साहुले अविजित २१ रन जोडे ।

उता विराटनगरका लागि पारस खड्का र भान डेर मेर्वीले समान २–२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १७ ओभर ५ बलमा अलआउट हुँदै १०० रन बनायो ।

विराटनगरका लागि सुमित महर्जनले सर्वाधिक २५ रन जोडे । त्यस्तै हरि बहादुर चौहानले २२ र कप्तान पारस खड्काले २१ रन बनाए ।
काठमाडौंका लागि केभिन ओ ब्राएनले ३ विकेट लिए ।

यस्तै बिक्रम भुषाल, रोहन मुस्तफा र प्रदीप साहुले २–२ विकेट लिए । जितसंगै काठमाडौंले ५ खेलबाट ८ अंक जोडेको छ । र, काठमाडौं लिगको दोस्रो स्थानमा रहदै क्वालिफायरमा पुगेको छ ।

२०७५ पुष २, सोमबार मा प्रकाशित