“ए” डिभिजन लिग : संकटाको जित, जावलाखेल बराबरीमा रोकियो

काठमाडौं – पल्सर सहिद स्मारक ए डिभिजन लिगमा सिएमजी क्लब संकटाले फ्रेन्ड्स क्लबमाथि ३–१ को जित निकालेको छ ।
आजको जितसंगै संकटाले लगको शीर्ष टोली मनाङ मर्स्याङदी क्लबसँग अंक बराबरी गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्लेक्समा भएको संकटलाई जित दिलाउन भएको खेलमा संकटालाई जित दिलाउन दिपेश आले मगर, ताम्पी अर्नेस्ट र म्याक्सवेलले गोल एक–एक गोल गरे ।

खेलको २५ औं मिनेटमा म्याक्सवेलको गोलबाट अग्रता लिएको संकटाका लागि ५४ औं मिनेटमा लाम्पीले थप एक गोल गर्दै अग्रता दोब्बर बनाए ।
निकैनै आक्रामक बनेको संकटाका लागि दिपेशले ५७ औँ मिनेटमा गोल गर्दै जित सुनिश्चत गराए ।  उता फ्रेन्ड्सले पाएका केही अवसरहरु सुपयोग गर्न सकेन ।

अजको जितसंगै मनाङ र संकटा दुवैको समान २४ अंक छ । तर संकटाले ९ खेल खेलिसक्दा मनाङले भने अझै एक खेल खेल्न बाँकि छ ।
त्यस्तै आजनै भएको अर्काे खेलमा सरस्वती र जावलाखेलले बराबरी खेल्दै अंक बाँडेका छन् । लिगमा कमजोर देखिएका दुवै टोली अंक तालिकाको पुछारमा छन् ।

२०७५ पुष २, सोमबार मा प्रकाशित

Leave a Comment