ईपीएलको पुरस्कार रकम २५ लाख

काठमाडौं । तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको विजेता र उप–विजेताले पाउने रकम सार्वजनिक गरिएको छ । यस संस्करणमा ईपीएलको विजेताले २५ लाख पुरस्कार प्राप्त गर्ने भएको छ ।

आयोजक ईपीएलले प्रेस विज्ञप्ति निकाल्दै पुरस्कार रकम सार्वजनिक गरेको हो । यस्तै ईपीएलको उपविजेता टोलीले १० लाख पाउने छन् । गत संस्करणको विजेता टोलीले २१ लाख रकम प्राप्त गरेको थियो ।

यस संस्करणको विजेताले पाउने रकममा भने वृद्धि गरिएको हो । त्यस्तै प्रतियोगिताको प्येलर अफ दि सिरिजले टिभीएस बाइक पाउने छन् ।

२०७५ पुष २, सोमबार मा प्रकाशित