ए डिभिजन लिग : मनाङको र च्यासल खेल्दै

काठमाडौं – ए डिभिजन लिग अन्तर्गत आज (मंगलबार) दुई खेल हुदैछन् । एन्फा कम्प्लेक्समा हुने खेलमा एपीएफ र मछिन्द्र तथा च्यासल युथ र मनाङ मस्र्याङ्दीले प्रतिस्पर्धा गर्नेछन् ।

बिहान ११ बजे विभागीय टिम एपीएफ र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा एक जित समेत निकाल्न नसकेको मछिन्द्रलाई पराजित गर्दै अंक तालिकामा सुधार गर्ने अवसर एपीएफलाई छ ।

एपीएफ १० अंक सहित तालिकाको आठौ स्थानमा छ । मछिन्द्र ३ अंक सहित तालिकाको १३ औ स्थानमा छ । त्यस्तै आज हुने दोस्रो खेलमा च्यासल र मनाङबीच प्रतिस्पर्धा हुनेछ ।

भरपर्दा खेलाडीहरु अनुबन्धन गरेर पनि राम्रो नतिजा निकाल्न नसकेको च्यासल आजको खेलमा उत्कृृष्ट नतिजा ल्याउने योजनामा हुनेछ । मनाङ भने आफ्नो अपराजित यात्रालाई कायम राख्न चाहान्छ ।

मनाङ २४ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । च्यासल १३ अंक सहित सातौ स्थानमा छ ।

२०७५ पुष ३, मंगलवार मा प्रकाशित