बिभागिय टोलि एपीएफ शीर्ष स्थानमा

काठमाडौं – विभागिय टोली एपीएफ क्लब पोखरामा जारी चौथो संस्करणको आरबीबी–एनभिए राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ ।

पोखरा रंगशालामा बुधबार दुई खेलमा जित निकालेपछि एपीएफले शीर्ष स्थान कब्जा जमाएको हो । मंगलबार भएको पहिलो खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई पराजित गरेको एपीएफले दोस्रो खेलमा हेल्प नेपालबाट वाकओभर पाएको थियो ।

एपीएफले ढोरपाटनलाई २५–१२, २५–२१ र २५–१५ को सेटमा हराएको थियो । यस्तै हेल्प नेपालले विदेशी खेलाडीको प्रमाण पुर्याउन नसक्दा एपीएफलाई वाकओभर दिएको हो । हेल्पले भारतीय खेलाडी रोहितको नागरिकताको प्रमाण देखाउन नसक्दा एपीएफ विजेता बनेको थियो ।

बुधबार दुई खेलमा अंक जोडेसंगै एपीएफले १४ अंक जोडेर शीर्ष स्थान हासिल गरेको हो । एपीएफलाई साबिकको विजेता आर्मीले पछ्याईरहेको छ । आर्मीले १२ अंक जोडेको छ ।

२०७५ पुष ४, बुधबार मा प्रकाशित

Leave a Comment