पुरुष लिग भलिबलको उपाधि आर्मीलाई

काठमाडौं – चौथो संस्करणको आरबीबी एनभीए राष्ट्रिय पुरुष लिग भलिबल च्याम्पियनसिपको उपाधि विभागीय टिम आर्मीले जितेको छ । विभागीय टोली एपीएफलाई पराजित गर्दै आर्मीले उपाधि उचालेको हो ।

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा भएको फाईनलमा आर्मीले एपीएफलाई ३–२ को सेटमा पराजित गर्यो । पहिलो सेट १८–२५ ले गुमाएपनि दोस्रो र तेस्रो सेट आर्मीले २५–१९, २५–१८ ले जितेको थियो ।

चौथो सेट एपीएफले १८–२५ ले हात पारेको थियो । तर अन्तिम सेटमा १७–१५ को जित निकाल्दै आर्मी च्याम्पियन भएको हो ।
उपाधिसंगै आर्मीले २ लाख हात पा¥यो । एपीएफले १ लाखमा चित्त बुझायो । अर्को खेलमा रुपन्देहीको मणी मुकुन्द क्लबलाई पराजित गर्दै पुलिसले तेस्रो स्थान हात पार्न सफल भयो ।

२०७५ पुष ८, आईतवार मा प्रकाशित

Leave a Comment