मनाङलाई पाँच अंकको अग्रता

काठमाडौं – पल्सर सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले लगातार दशौं जित निकालेको छ ।
विभागीय टिम नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङले दशौं खेलमा जित निकालेको हो ।

आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा मनाङको अपराजित यात्रामा विदेशी खेलाडी आडेलाजा सोमिडे नायक बने । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३ औं मिनेटमा सोमिडेले गोल गर्दै मनाङलाई ३ अंक दिलाए ।

सोमिडेले हेमन गुरुङको पासलाई सदुपयोग गरे । यस्तै खेलमा मनाङले अन्य गोलको अवसर सिर्जना गरेपनि गोल गर्न सकेनन् ।

२०७५ पुष ८, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment