मनाङको लागि निर्णायक खेल, संकटालाई अवसर

काठमाडौं – पल्सर सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुदैछन् । आज हुने दोस्रो खेल घरेलु फुटलबको सर्वाधिक सफल क्लब मनाङका लागि महत्वपुर्ण हुनेछ । उसले हाल सम्म कीर्तिमानी ७ पटक लिग उपाधि जितिसकेको छ ।

यस पटकको लिगमा पनि मनाङ नजिक पुगि सकेको छ । पाँच बर्षपछि फर्किएको घरेलु लिगको उपाधि उचाल्न मनाङलाई अव मात्र एक जित आवश्यक छ ।
एदि अजाको खेलमा मनाङले ३ अंक जोड्न सके मनाङले दुई खेल अगावै प्रतियोगिताको उपाधि उचाल्न सफल हुनेछ ।

मनाङले लिग चरणको एघारौ खेलमा आज संकटा क्लबसंग प्रतिस्पर्धा गर्दैछ । एन्फा कम्प्लेक्समा दिउँसो साढे २ बजे हुने खेलमा मनाङले संकटालाई हराउन सके आठौ पटक उपाधिमा कब्जा गर्नेछ ।

यस संस्करणमा सबैको नजर लिगको उपाधिमा छ । ठुलो क्लबहरु शीर्ष ३ भित्र रहँदै प्रतियोगिताको अन्त्य गर्ने योजनामा छन् ।
आजको खेलमा संकटाले जित निकाल्न सके लिगको रौनक अन्तिम खेलसम्म जान सक्छ । यतिमात्र होईन संकटाको लिग जित्ने गणितिय सम्भावना समेत बाँकी रहनेछ ।

मनाङ १० खेलबाट ३० अंक सहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको संकटाको २५ अंक छ ।

आजै हुने पहिलो खेलमा विभागीय टिम एपीएफ र च्यासल युथ क्लब भिड्नेछन् । खेल बिहान ११ बजे सुरु हुनेछ ।

२०७५ पुष १२, बिहीबार मा प्रकाशित