सन्दिपको तेश्रो खेल सिड्नीसंग ( लाइभ, खेल समय लगायत सम्पूर्ण जानकारी एकै ठाउँ )

बिग ब्यास लिग अन्तर्गत  सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले तेश्रो खेल मोईसेस हेनरिकस कप्तानीको टिम सिड्नी सिक्सर्ससंग खेल्दैछ। खेलसंग सम्बन्धित सम्पूर्ण जानकारी एकै ठाउँमा प्रस्तुत गरेका छौँ –

मेलबर्न स्टार्स र सिड्नी सिक्सर्सको प्रतियोगितामा नतिजा 

मेलबर्न स्टार्सले पहिलो खेलमा सिड्नी थन्डर्ससंग १५ रनले ( डीएलएस मेथड ) तथा दोश्रो खेलमा होबार्ट हरिकेन्ससंग ६ विकेटको पराजय बेहोरेको थियो।

यस्तै सिड्नीले २ खेल मध्ये १ मा जित र १ मा हार बेहोर्ने क्रममा पहिलो खेलमा पार्थ स्कर्चर्ससंग १७ रनको जित तथा दोश्रो खेलमा सिड्नी थन्डर्ससंग २१ रनको हार बेहोर्न पुगेको थियो। अंकतालिकामा सिड्नी पाँचौ र मेलबर्न छैठौं स्थानमा रहेका छन्।


कहाँ, कहिले, कति बजे 

मिति : डिसेम्बर २७ , बिहिबार मैदान – सिड्नी क्रिकेट ग्राउण्ड, सिड्नी , खेल समय : २ बजे दिउसो ( नेपाल ) , ७:१५ बजे बेलुका ( अस्ट्रेलिया ) , लाइभ : खेलको प्रत्यक्ष प्रसारण नेपालमा Sony SIX र Sony SIX HD तथा Sonyliv को मोबाईल एप्लिकेसन र वेबसाइटबाट पनि हुनेछ।

सिड्नी सिक्सर्स टिम : मोइसेस हेनरिक्स ( कप्तान ) , जोय डेनलि, स्टिभ ओकिफी, पिटर नेभिल, नाथन लायन, सिङ एबोट, ड्यानियल ह्युज, जोर्डन सिल्क, टम कुरान, बेन ड्वारसुइस, मिकी एड्वार्ड्स, गग्रेग वेस्ट, हेनरी थोर्टन, लोयोड पोप, ड्यानियल फलिन्स, जोश फिलिप्पे , ज्याक एड्वार्ड्स, जस्टिन एभेनडानो

मेलबर्न स्टार्स टिम : ड्वेन ब्राभो, ज्याक्सन कोल्म्यान, निक म्याडीसन, ग्लेन म्याक्सवेल ( कप्तान ) , माइकल बियर, बेन डंक , इभान गुल्बिस, पिटर ह्यान्ड्सकम्ब, ज्याक्सन बर्ड, स्कट बोलान्ड, एडम जम्पा, ड्यानियल वोर्रल, मार्कस स्टोइन्स, निक लार्किन, सब गोच, म्याथु पार्किन्सन, ट्राभिस डिन, सन्दिप लामिछाने, लियम बो, जोनाथन मेर्लो, लेन्स मोरिस

२०७५ पुष १२, बिहीबार मा प्रकाशित

Leave a Comment