बिहे पछिका सरद

शब्दमा बयान गर्न सकिदैन त्यो पल, जव खुसिहरुको ओेहिरो लाग्छ । अझै अनौठो हुन्छ त्यो पल, जुन कुरा जीवनमा पहिलो पटक अनुभव गरिन्छ । सायद बिश्वकप जित्दा पनि यस्तै आभास हुन्छ होला, जुन आभास मलाई मेरो छोरालाई पहिलो पटक हातमा राख्दा भयो ।
भन्छन्, नेपाली राष्ट्रिय क्रिकेट टोलिका ब्याट्सम्यान सरद भेष्वाकर ।

लगभग दुई बर्ष पुग्न थाल्यो उनि नायिका निशा अधिकारिसंग बिवाह बन्धनमा बाधिएको । अहिले बुवा बनेकाछन् शरद ।
मलाई बच्चाहरु सारै मन पर्छ, झनै आफ्नो छोराको माया त कुरै नगरौ । फुकाउन नसकिने गरि बाधिएको हुन्छ सम्वन्ध झनै कस्सिएर बाधियो एउटा सम्वन्ध जसको बेग्लै अनुभव छ ।

शरद भन्छन्, निशा एउटा यस्तो नारी हुन, जसले मेरो जीवनमा हजारौ खुसिका पलहरु समर्पित गरेकी छन् । अनि मैले पनि उनलाइ मायाको कमि गरेको छैन, कहिले पनि । बिहे पहिला केहि कुरा सिकेको थिए, अहिले झनै सिकेको छु ।

सरदले भने, “म कुनै काम गर्न लजाउदैन, अनि घर परिवारमा त झनै लजाउने कुरा नै भएन ।”
बिहे पछि खाना बनाएको छु । अनि लुघा पनि धोएको छु, जे जति सकिन्छ मिलेर गरेकाछौ । असहज कहिले महशुस भएन, सहजताको आभास भइराख्यो । कहिले मायाको कुरामा त कहिले जीवन जिउने कुरामा ।

खाना बनाउन पनि सिके, बनाउन पनि सिकाय । सायद धेरै मैलेनै बनायर दिएको होला । उनि हास्दै भन्छन् । लामो समय सम्म प्रेम सम्वन्धमा बसेका शरद र निशा सन् २०१७ जुन ३० मा बिवाह बन्धनमा बाधिएका थिए ।

शरद भन्छन, हामिहरुलाई त्यति असहज थिएन एक अर्काको बारेमा जान्न । हाम्रो परिवारहरु नै पहिले देखि एक आपसमा जान्ने थिए, अनि त्यसैले नै हाम्रो सम्बन्ध मा पनि सहजता आयो ।

मैले जति समय नेपाली क्रिकेटमा बिताय, उनले पनि त्यतिनै समय नेपाली चलचित्रमा बिताएकी छन् । एक अर्कालाई चिन्न असहज थिएन, केहि कुरा त मिडिया मार्फत नै थाहाँ भयो ।

तपाई खेल खेल्ने समयमा, एक अर्का देखी टाढा हुनु हुन्छ त्यती बेला चाहि कस्तो प्रतिकृया आउन्छ ?, भन्ने हाम्रो प्रश्नमा शरदले हास्दै भेने, “माया त लागि हाल्छ, अनि मिस पनि धेरै गर्छु । फरक यतिमात्र हो हामि बुज्छौ एक अर्कालाइ, अनि हाम्रो जिम्मेवारीलाई ।”

सरदलाई रमाईलो लागि रहेको छ, जे उनि चाहान्थे उनको जिवनमा त्यहिनै भईरहेको छ । बुज्ने जिवन साथि, माया गर्नलाइ छोरा, असल घर परिवार अनि सधैव ज्यान समर्पण गरेको नेपाली क्रिकेट ।

सरदले आफ्नो छोरालाइ कस्तो बनाउने भन्ने हाल सम्म सोचिसकेको छैनन् । उसलाई जे बन्न मन लाग्छ उसैमा मरो खुसि छ । तर देशको लागि केहि गर्ने खालको स्थान रोजेमा झनै खुसि मिल्ने छ उनले भने ।

सरदले हाल सम्म क्रिकेट वाट सन्यास लिने वारेमा केहि नसोचेको बताएका छन् । उनले भने, “म एकदमै रमाईरहेको छु यतिबेला, अझै रमाउन चाहान्छु नेपाली क्रिकेटमा ” यदि म भन्दा राम्रो खेल पदर्शन गर्ने खेलाडी आइहाले भने पनि उनिहरुको खेल यसैपनि राम्रो हुनेछ । अनि उनिहरुले उपयुक्त स्थान पाउने छन् ।
मलाई कहिले काहि दिकदार लागेर आउन्छ, जव नेपाली क्रिकेट भित्रको बिवाद खेख्छु ।

खेलाडीहरुले खेलेका छन् । राम्रोे प्रदर्शन गरेका छन्, अझै राम्रो प्रदर्शन गर्ने छन् । तर खेलाडीहरुले गर्ने प्रदर्शनमा पनि केहि कमि आउन्छ र असर पनि पर्छ । क्यान भित्रको बिवादले गर्दा । त्यसैले यो बिबादलाई समयमै सल्टाउन पनि उनि आग्रह गर्दछन् ।
सरद हालै सम्पन्न ईपीएलमा भैरहवा ग्लाडीयटर्सका कप्तान पनि हुन ।

उनको टोलीलले फाईनलमा ललितपुर प्याट्रियट्ससंग लाई १४ रनले हार ब्यहोर्यको थियो ।
नेपाली खेल समर्थकहरुलाइ शरद आग्रह गर्दछन्, जितमा र हारमा समान ब्यावाहार गरिदिन । उनि भन्छन् समर्थकको जितमा र हारमा समर्थन सधै आवश्यक पर्दछ । त्यसैले तपाई हरुको सधैव खाचो छ, उनले भने ।

२०७५ पुष १३, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment