आर्मीको सहज जित, सरस्वती ४-० गोल अन्तरले पराजित

काठमाडौं – पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले जित निकालेको छ । आज (शुक्रबार) भएको खेलमा विभागिय टिम आर्मीले सरस्वती युथ क्लबलाई ४-० गोल अन्तरले हराएको हो ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउने क्रममा कप्तान भरत खवासले २ गोल गरे । यस्तै नवयुग श्रेष्ठले एक गोल गरेका थिए । आर्मीले एक आत्मघाती गोल पाएको थियो ।

आजको खेलमा जित निकाले संष्गसंगै आर्मीले २१ अंक जोडेको छ । सरस्वतीको १० अंक छ ।

२०७५ पुष १३, शुक्रबार मा प्रकाशित