तेस्रा टेष्टको तेस्रो दिन : एकैदिन १५ विकेट झर्दा कोहोली र पुजारा सुन्यमा आउट

एजेन्सी– अष्ट्रेलियाविरुद्ध तेस्रो टेष्टको तेस्रो दिनको खेल सकिँदा भारतले दोस्रो इनिङ्समा मिश्रित प्रर्दशन गरेको छ ।
तेस्रो दिनको खेल सकिदा भारतले ३ सय ४६ रनको अग्रता लिएको छ । दोस्रो इनिङ्मा पनि भारत बलियो अवस्थामा पुगेको छ ।
भारत २७ ओभरमा ५४–५ को अवस्थामा छ ।

क्रिजमा मयांक अग्रवाल २८ र ऋषव पन्त ६ रनमा छन् । हनुमा विहारी १३, अजिंक्या रहाणे १, रोहित शर्मा ५ रनमा आउट हुँदा कप्तान विराट कोहली र चेतेश्वर पुजारा डक आउट भए ।

प्याट कमिन्सले १५ ओभरको दोस्रो बलमा चेतेश्वर पुजारा र अन्तिम बलमा कप्तान विराट कोहलीलाई आउट गर्दाै पेभिलिएनको बाटो देखाए । अष्ट्रेलियाका लागि प्याट कमिन्सले ४ र जोश हेजलवुडले एक विकेट लिए ।

तेस्रो दिन ८ रन बाट खेल्न सुरु गरेको अष्ट्रेलिया ६५–५ ओभरमा अल आउट हुदैँ १ सय ५१ रनमा समेटिदा पहिलो इनिङसमा २ सय ९२ रनले पछि परेको थियो । अष्ट्रेलियाका लागि ओपनर मार्कस ह्यारिस र कप्तान टिम पेनले समान २२ रन बनाउँदा उस्मान खवाजा २१, शन मार्श १९, ट्रविस हेड २० र प्याट कमिन्सले १७ रन जोड्न सके ।

भारतका तीब्र गतिका बलर जसप्रित बुमराहले घातक बलिङ गरे । बुमराहले १५–५ ओभरमा ४ मेडन सहित ३३ रन खर्चेर ६ विकेट लिए ।
रविन्द्र जडेजा २, मोहम्मद शामी र इसान्त शर्माको नाममा पनि समान एक विकेट रह्यो । पहिलो इनिङ्समा भारत १६९–४ ओभरमा ७ विकेटको क्षतिमा ४ सय ४३ रन बनाउदै पहिलो इनिङ्स समाप्त गरेको थियो ।

करियरको १७ औँ शतक पुरा गरेका पुजाराले ३ सय १९ बलमा १० चौका प्रहार गर्दै १०६ रन प्रहार गरे । विराट कोहलीले २०४ बलमा ९ चौका प्रहार गर्दै ८२ रन बनाउन सके । रोहित शर्मा ६३ रनमा नट रहँदा ऋषव पन्त ३९, अजिंक्या रहाणे ३४ र रविन्द्र जडेजा ४ रनमा आउट हुन पुगे । पहिलो दिन ओपनर मंयाक अग्रवालले ७६ र हनुमावा विराहीले ८ रन बनाएका थिए । अष्ट्रेलियाका लागि प्याट कमिन्सले ४, मिचेल स्टार्क २, नाथन लायन र जोश हेजलवुडले समान एक विकेट लिए ।

२०७५ पुष १३, शुक्रबार मा प्रकाशित

Leave a Comment