थ्री स्टार शिर्ष तीनमा उक्लने मौकाबाट वञ्चित, पुलिसको पुनरागमन जित

काठमाडौं – पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पुलिसले रुस्लान थ्री स्टार क्लब विभागीय टीम नेपाल पुलिस क्लबसँग ३–१ गोल अन्तरले पराजित भएको छ । आजको खेलमा पपराजि भएसंगै थ्री स्टारले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ ।

शुक्रबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले पराजित गरे सँगै थ्री स्टार शिर्ष तीनमा उक्लन मौका गुमाएको हो ।

पुलिसलाई जित दिलाउने क्रमा निर कुमार राई, अभिषेक रिजाल र भोला सिलवालले एक एक गोल गरे । थ्री स्टारका आबाङ अल्बर्टले सान्त्वना एक गोल फर्काए ।

जितसँगै पुलिस १८ अंकका साथ पाँचौँ स्थानमा उक्लिएको छ भने थ्री स्टार भने ११ खेलबाट २३ अंक जोड्दैँ तेस्रो स्थानमा छ ।

२०७५ पुष १३, शुक्रबार मा प्रकाशित

Leave a Comment