काठमाडौं – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले बिगत १५ बर्ष यता प्रदान गर्दै अईरहेको एनएनआईपीए बर्ष उत्कृष्ट खेलाडी’ अवार्डबाट २९ खेलका खेलाडीलाई सम्मानित गरेको छ ।
एनएनआइपीएले ललितपुरस्थित पाटन दरबार स्क्वायरमा आयोजना गरेको १३औँ एनएनआइपीए अवार्डमा भारोत्तोलनका कमल बहादुर अधिकारी र करातेकी अनु अधिकारी सर्वोत्कृष्ट खेलाडी घोषित भए।
२९ उत्कृष्ट खेलाडीमध्येबाट महिला र पुरुषको सर्वोत्कृष्ट चयन गरिएको हो। दुवैले जनता बैँक नेपालले प्रायोजन गरेको नगद १-१ लाख पुरस्कार पाए।
यस्तै २९ विधामा उत्कृष्ट हुने खेलाडीले १०-१० हजार नगद पुरस्कार पाएका छन् । यस्तै विजेता खेलाडीको फोटोसहितको क्यालेन्डर प्रकाशन हुनेछ । यसका साथै संघले ओलम्पिक छनोटको दोस्रो चरणमा पुग्न सफल नेपाली महिला टोलीलाई सम्मान गरेको छ ।
बर्ष उत्कृष्ट खेलाडी अवार्ड पाउने खेल र खेलाडीहरु
फुटबल : सावित्रा भण्डारी
भलिबल : इम राना मगर
सुटिङ : सुस्मिता नेपाल
बक्सिङ : पिङ्गला श्रेष्ठ
भारोत्तोलन : कमल बहादुर अधिकारी
लन टेनिस : प्रणव खनाल
सफ्ट टेनिस : युकेस योन्जन
कबड्डी : नागेश्वर थारु
पौडी : गौरिका सिंह
टेबल टेनिस : स्यान्टु श्रेष्ठ
फेन्सिङ : जंग गिरी
हक्की : मनोज चौधरी
स्क्वास : भावना सुनुवार
सेपाताक्रो : रुपेश सुनार
साइक्लिङ : नारायण गोपाल महर्जन
खोखो : सन्तोस बोहोरा
बास्केटबल : मनिष राज उपाध्याय
तेक्वान्दो : सुनिता तामाङ
ब्याडमिन्टन : नङसदेवी तामाङ
ट्रायथलन : बसन्त थारु
ह्याण्डबल : बन्दना राई
कराते : अनु अधिकारी
जुडो : मनिता श्रेष्ठ प्रधान
उसु : अमर सुनार
आर्चरी : रमेश भट्टचन
एथलेटिक्स : विश्व रुपा बुढा
गल्फ : टंक बहादुर कार्की
कुस्ती : माया लोहाल
तेक्वान्दो : अस्मिता खड्का