किरणले पाए माल्दिभ्समा उत्कृष्ट गोलकिपर अवार्ड

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण कुमार चेम्जोङले माल्दिभ्समा उत्कृष्ट गोलकिपरको अवार्ड पाएका छन् । टिसी स्पोटर्सबाट व्याबसाहिक खेल खेल्ने किरणले क्लबलाई माल्दिभ्सको लिग जिताउन महत्वपुर्ण योगदान गरेका थिए ।

माल्दिभ्स फुटबल डट कम र फुटबल एसोसियसन अफ माल्दिभ्सले किरणलाई उत्कृष्ट गोलकिपरको मनोनयन समावेश गरेको थियो ।

उनले क्लबलाई लिग जिताउन महत्वपुर्ण योगदान गरेका कारण उनलाई मनोनयनमा राखिएको आयोजकले जनाएको थियो । किरणले गत सिजन माल्दिभ्सको टिसी स्पोर्टसबाट धिवेही प्रिमियर लिग खेलेका थिए ।

२०७५ पुष १३, शुक्रबार मा प्रकाशित