एजेन्सी- प्रिमियर लिग फुटबल अन्तर्गत आज (शनिबार) बिभिन्न ६ खेल हुँदैछन् । शनिबार रातिको खेलमा ठुला टोलीले पनि प्रतिस्पर्धा गर्दै छन् । शनिबार शीर्ष स्थानको लिभरपुल र आर्सनलबीचको खेल निकै महत्वका साथ हेरिएको छ ।
लिभरपुलको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति ११:१५ बजेबाट शुरु हुने छ । लिभरपुलको घरेलु मैदानमा हुने खेलमा आर्सनललाई पराजित गर्दै आफ्नो उपाधि होड बलियो बनाउने योजनामा हुनेछ ।
लिगमा शिर्ष स्थानमा रहेको लिभरपुल दोस्रो स्थानको टोटेनहमभन्दा ६ अंकले अघि छ । दोस्रो स्थानको टोटनहम पराजित भएमा लिभरपुलको अग्रता ९ हुनेछ । यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको लिभरपुलले ५१ अंक जोडेको छ ।
यता, ३८ अंक जोड्दै पाँचौ स्थानमा रहेको आर्सनल लिभरपुललाई स्तब्ध बनाउदै शीर्ष चारमा पुग्ने लक्ष्यमा हुनेछ । लिभरपुललाई हराए आर्सनल चेल्सीलाई पछि पार्दै चौथो स्थानमा उक्लनेछ ।
त्यस्तै अर्को खेलमा टोटेनहमको मैदानमा हुने खेल ८:४५ मा सुरु हुनेछ । वुल्भ्सविरुद्ध मैदान उत्रदा टोटेनहम सहज जितसहित लिभरपुलसँगको अंक दुरी कम गर्ने योजनामा हुनेछ ।
प्रिमियर लिग अन्तर्गत अन्य खेलमा ब्राइटन र एभर्टन, फुलहम र हडर्स्फिल्ड तथा लेष्टर सिटी र कार्डिफ सिटीबीच खेल हुनेछ । त्यस्तै वाट्फोर्डले न्युकासलको सामना गर्नेछ ।
