ए डिभिजन लिग : मनाङ दुई खेल अगावै च्याम्पियन, थ्री स्टार, आर्मी र संकाटा दोस्रो बन्ने होडमा

काठमाडौं – पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबलको ११ औं चरणका खेलहरु सकिदा सिग्नेचर मनाङ मर्स्याङ्दीले दुई खेल अगाडिनै लिग उपाधि उचालि सकेको छ ।

११ औँ चरणको खेलमा मनाङले संकटा क्लबलाई ३–१ गोल अन्तरले हराउदै उपाधि उचाल्न सफल भएको हो ।

त्यस्तै लिगको अंक तालिकामा संकटा, थ्री स्टार र आर्मि क्रमस दोस्रो तेस्रो स्थानमा छन् । समान ११ खेल खेलेका यि तीन क्लबको २५, २३ र २१ अंक छ ।

लिगमा दोस्रो स्थानमा रहेको संकटा बाँकि दुई खेलमा राम्रो प्रदर्शन गरेर दोस्रो स्थानमा अढिक रहने योजना हुनेछ । त्यस्तै थ्री स्टार र आर्मिको भने उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थानमा उक्लिने योजना हुनेछ । तर, यो दुबै टोलीको सम्भावना संकटाको खेल प्रदर्शनमा भरपर्ने छ । संकटाले बाँकि दुबै खेलमा सामान्य प्रदर्शन गरेमा थ्री स्टार र आर्मिले माथि उक्लने मौका पाउनेछन् ।

केहि दिनको बिश्राम पछि लिगको १२ औं चरणको खेलहरु हुदैछन् । पहिलो दिन विभिन्न ३ खेलहरु हुनेछन् । एन्फाले सार्वजनिक गरेको तालिका अनुसार सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा २ खेल र एपीएफ मैदान हल्चोकमा एक खेल हुनेछ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा गर्ने छन् । उक्त खेल बिहान ११ बजे सुरु हुनेछ ।

यस्तै अपरान्ह २ः३० मा हुने खेलमा फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइजबीच जावलाखेल प्रतिस्पर्धा हुनेछ ।  त्यहि समय हलचोकमा जाउलाखेल युथ क्लब र त्रिभुवन आर्मि क्लब प्रर्तिस्पर्धा गर्ने छन् ।

लिगमा मनाङ ११ खेलसम्म अपराजित छ । लिगको दुई खेल बाँकी रहदा मनाङले ११ खेलबाट अपराजित रहदै ३३ अंक जोडेको छ । शीर्ष स्थानको मनाङ दोस्रो स्थानको संकटा फुटबल क्लबभन्दा ८ अंकले अघि छ । संकटाको ११ खेलबाट २५ अंक छ ।

यस्तै जारी लिगमा २३ अंक जोडेको थ्री स्टार तेस्रो, २१ अंक जोडेको आर्मी चौथो र १८ अंक जोडेको पुलिस पाँचौ स्थानमा छन् ।

२०७५ पुष १४, शनिबार मा प्रकाशित

Leave a Comment