युभेन्टसको जितमा रोनाल्डो नायक

एजेन्सी – सिरि एमा युभेन्टसले अपराजित यात्रा कायम राख्न सफल भएको छ । इटालिएन क्लबलाई जित दिलाउन स्टार खेलाडी रोनाल्डोले दुई गोल गरे ।

खेलको दोस्रो मिनेटमा पाउलो डिबालाको पासमा गोल गर्दै रोनाल्डोले युभेन्टसलाई अग्रता दिलाए ।

त्यस्तै खेलको ३३ औं मिनेटमा साम्प्डोरियाले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै फाविया काग्लियारेल्लाले पहिलो हाफ खेल १–१ गोलको बराबरीमा पुर्‍याए ।

दोस्रो हाफमा बलियो भएर मैदान उत्रिएको युभेन्टसले पनि ६५ औं मिनेटमा पेनाल्टी पायो । ६५ मिनेटमा पाएको पेनाल्टीलाई रोनाल्डो रोनाल्डोले गोलमा परिणत गर्दै टिमलाई २–१ को अग्रता दिलाए ।

आजको खेल सकिएसंगै रोनाल्डोले २०१० भन्दा पछि एउटै बर्षमा ५० भन्दा कम गोल गरेको पहिलो पटक हो । उनले यो भन्दा पहिलेका बर्षहरुमा ५० भन्दा धेरै गोल गरेका थिए ।

रोनाल्डोको यस बर्षको आज अन्तिम खेल पनि हो ।

इटालियन सिरी एमा युभेन्टस एकमात्र अपराजित टोली हो । युभेन्टसले १९ खेलमा दुई बरारबी र १७ जीत निकाल्दै ५३ अंक बनाएको छ । उता साम्प्डोरिया भने २९ अंक सहित पाँचौं स्थानमा छ ।

 

२०७५ पुष १४, शनिबार मा प्रकाशित