टोटेनहम घरेलु मैदानमा पराजित, उपाधि होडमा धक्का

एजेन्सी-इंग्लिश प्रिमियर लिग फुटबल अन्तरगत टोटनहमले मा दोस्रो स्थानको टोटेनहम घरेलु मैदानमा निराश जनक हार व्यहोर्यको छ । शनिबार राति भएको खेलमा टोटेनहम वुल्भ्ससंग ३ – १ गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा सुरुवाती अग्रता बनाएपनि टोटेहम उक्त अग्रतालाई जोगाइराख्न सकेन । वुल्भ्सलाई जित दिलाउन विली वोली, राउल जिमिनेज र हेल्डर कोष्टाले एक एक गोल गरे । टोटेनहमका ह्यारी केनले एक गोल गरे ।

टोटनहामको धरेलु मैदानमा खेलको २२ औं मिनेटमा केनले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, टोटेनहमले दोस्रो हाफमा अग्रता जोगाउन सकेन । खेलको ७२ औं मिनेटमा वुल्भ्सका वोलीले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए ।

त्यसपछि वुल्भ्सले घरेलु टोलीलाई लगातार गोल गर्यो । खेलको ८३ औं मिनेटमा जिमिनेजले गोल गर्दै वुल्भ्सलाई २ – १ को अग्रता दिलाए । त्यसपछि खेलको ८७ औं मिनेटमा कोष्टाले गोल गर्दै वुल्भ्सलाई ३ – १ को महत्वपूर्ण जित दिलाए ।

वुल्भ्ससंगको हारसंगै टोटेनहमको उपाधि होडमा धक्का लागेको छ । र, टोटेनहमले शीर्ष स्थानको लिभरपुल भन्दा ९ अंकले पछि छ ।

२०७५ पुष १५, आईतवार मा प्रकाशित