आर्मी दोस्रो हुने अवसरबाट वञ्चित

काठमाडौँ-पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब दोस्रो हुने अवसरबाट बञ्चित भएको छ । सोमबार भएको खेलमा जावलाखेल युथ क्लबसंग गोलरहित बराबरीमा रोकिएको पछि आर्मि लिगमा दोस्रो स्थान उग्लिने अवशरबाट बञ्चित भएको हो ।

हल्चोकस्थित एपीएफ मैदानमा भएको खेलमा आर्मिले पाएको अवशर सदुपयोग गर्न नसक्दा जावलाखेलसंग अंक बाडेको हो । जारि लिगमा आर्मीले १२ खेलबाट २२ अंक जोडेको छ । जावलाखेल १२ अंक जोडेर तालिकाको नवौं स्थानमा छ ।

आजनै भएको अर्को खेलमा ब्रिगेड ब्याइजले फ्रेन्ड्सलाई तीन शुन्यले हरायो । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा १५ औं मिनेटमा काजिम बुसारीको गोल मार्फत अग्रता बनाएको ब्रिगेड ब्याइजले ४६ औं मिनेटमा दोस्रो गोल गर्यो । यो गोल पनि काजिमले गरेका हुन् ।

त्यसपछि खेलको इन्जुरी समयको दोस्रो मिनेटमा अब्दु निसाहले गोल गर्दै फ्रेन्ड्सलाई तीन शुन्यले हरायो । जितपछि ब्रिगेड ब्याइजले नौ अंक बनाएको छ । फ्रेन्ड्सको पनि नौ अंक नै छ ।

२०७५ पुष १६, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment