एफए कप : चौथो चरणमा आर्सनललाई युनाइटेडको चुनौती

एजेन्सी– म्यानचेस्टर युनाइटेड प्रिमियर लिग तथा एफ ए कपको शुरुवाति चरण जस्तो छैन् । युनाइटेडलाई पछिल्ला चार खेलमा सफलता मिलेको छ ।

भर्खरै मात्र एउटा अन्तरबार्तामा युनाइटेडका प्रशिक्षक आले गुनर सोल्सायरले क्लब सबै खेल जित्न सक्षम रहेको विश्वास बताएका छन् ।
उता आर्सनल पनि असक्षम छैन् ।

प्रिमियर लिग अंक तालिकाको शिर्ष पाँचमा पर्न सफल आर्सनल युनाइटेडलाई चौथो चरणमा सहजै हराएर सफलता लिने योजनामा हुनेछ ।
भर्खरै मात्र इंग्लिश फुटबलले सार्वजनिक गरेको चौथो चरणको खेल तालिका अनुसार यि दुई क्लबले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

आर्सनलको घरेलु मैदानमा खेल हुने भएकाले आर्सनलाई भने केहि सहज हुनेछ । दुर्ब क्लब एफ ए कपमा सवार्धिक सफल क्लब पनि हुन् ।
आर्सनलले १३ र युनाइटेडले १२ पटक एफए कपको उपाधि जितेका छन् ।

२०७५ पुष २४, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment