अपराजित यात्रामै लिग सकाउने लक्ष्यमा मनाङ

काठमाडौं–सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको सर्बाधिक आठ पटकको बिजेता टोली हो मनाङ । मनाङले यस यो संस्करणको ए डिभिजन लिग पनि दुई खेल अगाडिनै जिति सकेको छ ।

मनाङले लिगको अन्तिम खेल आज फ्रेन्ड्स क्लबसंग खेल्दैछ । हाल १२ खेल खेल्दा अपराजित रहेको मनाङलाई अपराजित यात्रामै लिगको ट्रफि उचाल्ने अवसर जुरेको छ ।

उता फ्रेन्ड्सलाई भने ऋण अंकबाट जोगिन आजको खेल जित्नै पर्ने दवाव छ । अंक तालिकाको पुच्छरबाट तेस्रो स्थानमा रहेको फ्रेन्ड्सको ९ अंक छ । ऋण अंकबाट जोगिन फ्रेन्सलाई आजको खेलमा जित अथा बाराबरिको आवश्यक छ ।

आजको खेलमा पनि मनाङले जित निकालेमा र्कितिमानि उपाधि उचाल्ने छ । उसोत मनाङले आजको खेल बराबरि गरेपनि उस्लाई केहि फरक भने पर्ने छैन् । किनभने मनाङले अपराजित हुदै लिगको ट्रफि उचालि सकेको छ ।

लिगको १२ औं चरण सकिदा मनाङले ३६ अंक जोडेको छ । अहिलेसम्म हार र बराबरी खेल नखेलेको मनाङले फ्रेन्ड्सलाई हराउदा मनाङको ३९ अंक हुनेछ । लिगमा अन्तिम दिन आज (मंगलबार) दुई खेलहरु हुँदैछन् ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा गर्ने छन् । यस्तै हल्चोकको एपीएफ मैदानमा एनआरटी र ब्रिगेड ब्वाइज खेल्ने छन् । यो दुबै खेल अपरान्ह २ बजे सुरु हुनेछ ।

२०७५ पुष २४, मंगलवार मा प्रकाशित

Leave a Comment